+
+

पूर्व गोर्खासैनिकलाई विभेद नगर्न बेलायतलाई नेपालको आग्रह

उपप्रधानमन्त्री पोखरेल र बेलायती रक्षा राज्यमन्त्रीबीच भेट

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन ११ गते २:३५

१० फागुन, काठमाडौं । सरकारले भूतपूर्व गोर्खा सैनिक नेपालीको पेन्सनलगायतका सुविधामा विभेद नगर्न बेलायत सरकारलाई आग्रह गरेको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुक्रबार बेलायती रक्षा राज्यमन्त्री मार्क ल्याङ्कास्टरसँगको भेटमा धेरै नेपाली युवाहरूले गोर्खा सैनिकका रूपमा सेवा गरेको स्मरण गराउँदै भूपू गोर्खा सैनिक नेपालीप्रति बेलायत सरकारले पेन्सन लगायतका सुविधामा विभेद गर्न नहुने बताएका रक्षा मन्त्रालयले जनाएको छ ।

जवाफमा बेलायती राज्यमन्त्री ल्याङ्कास्टरले सेवा निवृत्त गोर्खा सैनिकहरूको उच्च योगदानलाई कदर गर्दै भूतपूर्व गोर्खा सैनिकको निवृत्तिभरण सहितका सुविधामा हालै वृद्धि गरिएको जानकारीसमेत गराएका थिए ।

रक्षा मन्त्रालयमा भएको भेटका क्रममा उपप्रधानमन्त्री पोखरेलले दुई देशबीच सरकार तथा सैनिकस्तरमा मात्र नभई जनस्तरमा समेत अत्यन्त हार्दिक सम्बन्ध रहेको चर्चा गर्दै संयुक्त अधिराज्यसँग नेपालले कृषि¸पर्यटन¸जनशक्ति विकास¸जलविद्युत आदि क्षेत्रमा सहयोगको अपेक्षा राखेको बताएका थिए ।

नेपाल र संयुक्त अधिराज्यबीच परापूर्वकालदेखि नै अत्यन्त घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्ध रहेको र नेपालको पहिलो कूटनैतिक सम्बन्ध भएको देश संयुक्त अधिराज्य भएको कुराको स्मरण पनि उपप्राधमन्त्री पोखरेलले गरे ।

राज्यमन्त्री ल्याङ्कास्टरले नेपालको आर्थिक सामाजिक विकासमा सहयोग गर्न पाएकोमा संयुक्त अधिराज्य सरकारको तर्फबाट खुसी व्यक्त गरे । उनले बेलायत सरकारले नेपाललाई उपलब्ध गराई रहेको सहयोगलाई आगामी दिनमा पनि निरन्तर जारी राख्न संयुक्त अधिराज्य सरकार इच्छुक रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?