+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

केन्या जाँदै गरेको इथियोपियन विमान दुर्घटना

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २६ गते १४:५१

२६ फागुन, काठमाडौं । केन्या जाँदै गरेको इथियोपियन एयरलाइन्सको विमान दुर्घटना भएको छ । विमानमा १४९ यात्रु र ८ चालक दलका सदस्य थिए ।

इथियोपियाको राजधानी आडिस आबाबाबाट उडेको केहीबेरमा स्थानीय समयअनुसार विहान ८:४४ बजे दुर्घटनाग्रस्त भएको हो ।

इथियोपियाका प्रधानमन्त्रीले ट्वीट गर्दै विमान दुर्घटनाको पुष्टि गरेका छन् ।

इथियोपिया एयरलाइन्सले खोजी र उद्दार कार्य सुरु भइसकेको जनाएको छ । दुर्घटनास्थल राजधानीदेखि ६० किलोमिटर दक्षिण पूर्वी शहर बिसोफ्टु वरपर भएको अनुमान गरिएको छ ।

अहिलेसम्म दुर्घटनामा हताहतीको संख्या सार्वजनिक गरिएको छैन । दुर्घटनाको कारणबारे पनि उल्लेख गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?