Comments Add Comment

र्याफिड फायरः पल र अनमोलमध्ये प्रदिपको रोजाइमा को ?(भिडियो)

जसिताले भूवन केसीलाई सोधिन् यस्तो प्रश्न

नायक प्रदिप खड्का र नायिका जसिता गुरुङ अहिले चलचित्र ‘लभ स्टेशन’को प्रचारमा दौडिरहेका छन् । यो चलचित्र चैत्र २२ गतेबाट रिलिज हुँदैछ । गतबर्ष रिलिज भएको चलचित्र ‘लिलिबिली’बाट यो जोडी उदाएको हो । दोश्रो चलचित्र पनि चल्नेमा यो जोडी ढुक्क छ ।

अनलाइनखबरको ‘ओके र्याफिड फायर’मा कुराकानी गर्दै प्रदिप र जसिताले केही कुराहरु खोलेका छन् ।

प्रदिप र जसितासँग गरिएको ‘र्यापिड फायर’ कुराकानीको भिडियो यहाँ हेर्नुहोस्ः


‘श्रीमान् प्रदिप कि प्रेमी प्रदिप’ भन्ने प्रश्नमा जसिताले ‘प्रेमी प्रदिप’ भनेर जवाफ दिएकी छिन् । यस्तै, प्रदिपले पनि ‘प्रेमिका जसिता’ भन्ने जवाफ दिए । ‘जसिता गुरुङ कि साम्राज्ञी राज्यलक्ष्मी शाह’ मध्ये दुइमा एक रोज्नुपर्दा प्रदिपले साम्राज्ञी रोजेका छन् । जसिताले ‘स्टार प्रदिप कि कलाकार प्रदिप’ भन्ने प्रश्नमा कलाकार प्रदिप भनेर जवाफ दिएकी छिन् ।

‘पल शाह कि सलिनमान बनियाँ’ भन्ने प्रश्नमा जसिताले पललाई रोजेकी छिन् भने ‘अनमोल केसी कि पल शाह’ भन्ने प्रश्नमा प्रदिपले पलको नाम लिएका छन् । भूवन केसी र राजेश हमालमध्ये प्रदिपले राजेश हमालाई रोजेका छन् । यस्तै, प्रदिपले बोल्न सिपालु भन्ने वित्तिकै आफूलाई राजेश हमालको याद आउने बताए भने जसिताले प्रदिप खड्कालाई बोल्न सिपालु भनेर जवाफ दिइन् ।

जसिताले भूवन केसीलाई भेट्दा के प्रश्न सोध्नुहुन्छ भन्ने प्रश्नमा भनिन्–‘खै के प्रश्न सोध्नु । तर, हामी चाडै नै नयाँ चलचित्रमा काम कहिले गर्छौ भनेर सोध्न मन छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment