+

भारतमा नेपाली युवा क्रिकेट टिम विजयी

२०७५ चैत  ११ गते १७:५८ २०७५ चैत ११ गते १७:५८
भारतमा नेपाली युवा क्रिकेट टिम विजयी

११ चैत्र, काठमाडौं । विश्वकप छनोटलाई मुख्य नजर गर्दै भारत भ्रमणमा रहेको नेपाली यू–१९ क्रिकेट टिमले जित हात पारेको छ ।

नेपाल यू–१९ टिमले भारतको आन्ध्रा यू–१९ टिमलाई १ विकेटले पराजित गरेको हो । आन्ध्राले दिएको २२८ रनको लक्ष्य नेपाली टिमले ४७.३ ओभरमा ९ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट प्रदर्शन गरे । उनले ६५ बलमा पाँच चौका र दुई छक्का प्रहार गर्दै ७१ रन बनाए ।

त्यस्तै, भीम सार्की भने अर्धशतक बनाउनबाट एक रनले चुके । उनले ४९ रन बनाएर आउट भए । पवन सर्राफले ३०, सन्दीप जोराले १९ र कुशल मल्लले १३ रन बनाउँदा आसिफ शेख भने १२ रनमा आउट भए ।

यसअघि आन्ध्राले टस जितेर निर्धारित ५० ओभर सकिन ५ बल बाँकी छदा सबै विकेटको क्षतिमा २२७ रन बनाएको थियो ।

आन्ध्राको लागि योगेनान्दले ५९ र नितेस कुमारले ५१ रन बनाएका थिए । बलिङतर्फ नेपालका कमलसिंह ऐरीले चार र पवन सर्राफले तीन विकेट लिए ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय