+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

बजेट खर्च गर्न नसक्ने सरकारले विदेशी लगानीको कुरा गर्नु हास्यास्पद : प्रकाशमान

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १६ गते ११:०१

१६ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विकास बजेटसमेत खर्च गर्न नसकेको वर्तमान सरकारले लगानी सम्मेलनमा ठूलठूला कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गरेका छन् । विदेशी लगानी नेपालमा भित्राउने कुरा सकारात्मक भए पनि त्यसका लागि वातावरण बनाउन सरकारले नसकेको उनले बताए ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले भने, ‘एकातिर विदेशी लगानी ल्याउनुपर्‍यो भन्ने, अर्कोतिर आफूले प्रस्तुत गरेको विकासको बजेट खर्च गर्न नसक्ने क्षमता नभएको सरकारले ठूलठूला कुरा गरेर जनताले पत्याउन सक्छ ?’

लगानी सम्मेलन जारी रहेकै बेला प्रदेश २ मा कमजोर सुरक्षाका कारण प्रश्नपत्र आउट भएर एसईई परीक्षा रद्ध हुनु लज्जाको विषय भएको उनले बताए ।

‘यत्रो लगानी सम्मेलन भइरहेको बेला दुई नम्बर प्रदेशमा एसईई परीक्षा रद्ध भयो । यसले के देखाउँछ भने सुचारुरुपले सक्षमताका साथ नेतृत्व गर्न नसकेको प्रमाणित हुन्छ,’ सिंहले भने । सरकारले शान्ति सुरक्षाको र लगानीको वातावरण बनाउन नसकेकाले घाटा खान विदेशी लगानीकर्ता नआउने उनले बताए ।

‘विदेशी लगानी ल्याउने राम्रो कुरा हो तर सरकारले तीनै तहमा जनताले सुशासनको अनुभूति दिलाउन नसकेपछि जतिसुकै ठूला कुरा गरेर के गर्ने ?’ उनले भने, ‘संघबाट बनाउनुपर्ने संघीय कानुन नबनाइदिँदा प्रदेश सरकार सुचारुले रुपले चल्न सकेका छैनन् ।’

सबैले महसुस गर्ने गरी परिवर्तनको काम यो सरकारले काम गर्न नसकेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?