+
+

नमूना प्रश्नसँग हुबहु मिलेपछि…

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १७ गते २१:०२

१७ चैत, काठमाडौं ।  सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आफ्नो मातहतका विद्यालयमा कक्षा ८ को परीक्षा पुनःलिने निर्णय गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपानेका अनुसार, अघिल्लो वर्षको  नमूना प्रश्नसँग यसपालीको प्रश्न हुबहु मिलेको पाइएपछि परीक्षा दोहोर्याउनु परेको हो ।

गाउँपालिका मातहतका १४ वटा विद्यालयमा यही चैत १९ गतेदेखि २६ गतेसम्म पुनःपरीक्षा सञ्चालन गर्ने निर्णय भएको उनले जानकारी दिए । गाउँपालिकाले मातहतका विद्यालयमा अन्तिम परीक्षा यही चैत १० देखि १८ गतेसम्म सञ्चालन गरिरहेको थियो ।

परीक्षा रद्द हुँदा ४८८ जना विद्यार्थी प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?