+
+

गुल्मी सांस्कृतिक तथा पर्यटन महोत्सव सुरु

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २० गते १७:०३

२० चैत, गुल्मी । ‘गुल्मीको सम्मृद्धिका मुख्य आधार, संस्कृति, संरक्षण एवंम पर्यटन विकासमा पूर्वाधार’ भन्ने नाराका साथ गुल्मीमा सांस्कृतिक तथा पर्यटन महोत्सव एवंम ब्यापार मेला सुरु भएको ।

गुल्मी चेम्बर अफ कमर्सले आयोजना गरेको महोत्सवको बुधबार रेसुङगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले उद्घाटन गरेका हुन । ३० गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन गर्दै मेयर भुसालले मेला महोत्सवले जिल्लाको विकासमा फाइदा हुने विश्वास व्यक्त गरे ।

महोत्सवबाट बचत भएको रकम मध्ये ४० प्रतिशत सामाजिक कार्यमा र अरु ६० प्रतिशत संस्थागत विकासमा खर्च गरिने आयोजकले जनाएको छ ।

७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई महोत्सव स्थलभित्र निःशुलक प्रबेशको व्यवस्था गरिएको छ । विद्यार्थी, अपाङ्गता भएका र एकल महिलाहरुलाई ४० प्रतिशत छुट दिइने आयोजकले जनाएको छ ।

महोत्सवमा प्रबेश गर्न प्रतिव्यक्ति ५० रुपैयाँको टिकट छ । छुट अनुसार विद्यार्थी, अपाङ्गता भएका र एकल महिलालाई ३० रुपैयाँ पर्छ ।

मेलामा २३० वटा स्टल रहेका छन् । तम्घासको चिदिचौर खेल मैदानमा संचालन भएको महोसत्वमा कृषिलाई उच्च प्रथामिकता दिइएको स्टल संयोजक प्रकाश बुढाथोकीले बताए ।

महोत्सवमा विदालयस्तरीय खुला समूहगत नृत्य प्रतियोगिता पनि गरिएको छ भने हरेक दिन सांगीतिक कार्यक्रम प्रस्तुत हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?