+
+

‘लभ स्टेशन’ गीतः जसिताको बिहेका प्रदिपको पीडा

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २७ गते ११:०५

शुक्रबारदेखि हलमा रिलिज भैरहेको चलचित्र ‘लभ स्टेशन’को बियोगान्त गीत सार्वजनिक गरिएको छ । चलचित्र रिलिज भएको केही दिनपछि चलचित्रको बियोगान्त गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा नायिका जसिता गुरुङको बिहेमा नायक प्रदिप खड्काको पीडा देख्न सकिन्छ ।

उज्ज्वल घिमिरे निर्देशित यो चलचित्रलाई गोविन्द शाहीले निर्माण गरेका हुन् । चलचित्रको यो गीतमा डेविड शंकरको स्वर, दिपक शर्माको संगीत, दिपक र उषा शेरचनको शब्द छ । गीतको शब्द मन छुने खालको छ । चलचित्रले हलमा अहिले औषत कारोबार गरिरहेको छ । चलचित्रको यो व्यापार नयाँ बर्षमा उकासिने विश्वास निर्माणपक्षको छ ।

यो गीतको भिडियोलाई शिशिर खातीले कोरियोग्राफी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?