+
+

नेपाल भ्रमण वर्ष सफल बनाउन प्रधानमन्त्रीको आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २७ गते १६:३८

२७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल भ्रमण वर्ष, २०२०’ लाई सफल बनाउन सक्दो सहयोग गर्न सम्बन्धित सबै निकायलाई आह्वान गरेका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आयोजित नेपाल भ्रमण वर्ष, २०२० मूल आयोजक समितिको तेस्रो बैठकलाई सम्बोधन गर्दै पर्यटन क्षेत्रबाट मुलुकको आय दोब्बर बनाउने गरी नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सरोकारवाला सबै निकायलाई आग्रह गरे ।

त्यसैगरी प्रधानमन्त्री ओलीले सो नेपाल भ्रमण वर्ष सम्पन्न हुँदा १० लाख नेपालीलाई पर्यटन क्षेत्रको विकास गरेर रोजगारी दिने अवस्था बनाउनुपर्नेमा पनि सबैलाई सचेत गराएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए ।

उनले सो भ्रमण वर्षलाई सफल बनाउन बैठकले आवश्यक निर्णय पनि गरेको बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको समेत जिम्मेवारी लिएका ओलीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आ–आफ्नो क्षेत्रको गन्तव्य स्थलहरुको पहिचान गरी उचित व्यवस्थापन गर्न प्रदेश तथा स्थानीय सरकारहरुको पनि ध्यानाकर्षण गराए ।

बैठकमा प्रदेश र स्थानीय तहको गतन्व्यहरुको पनि पहिचान गरी सो भ्रमण वर्षलाई सफल बनाउने विषयमा केन्द्रित भएर छलफल गरिएको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?