+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नयाँ वर्षमा देउवा भन्छन्- गुणस्तरीय जीवनयापनका लागि कांग्रेस क्रियाशील

सहमति, सहकार्य र एकतामा जोड

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १ गते ८:२३

१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमति, सहकार्य र एकतामा जोड दिएका छन् । मुलुकलाई सबै प्रकारको निकास दिन सहमति, सहकार्य र एकता आवश्यक रहेको देउवाको जोड छ ।

देउवाले भनेका छन्, ‘नेपाली कांग्रेसको नेतृत्वमा तीनै तहको निर्वाचन सम्पन्न भई मुलुकले संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रतात्मक नेपालको बलियो जग खडा गरिसकेको छ । सहमति, सहकार्य र एकताको माध्यमबाट नै मुलुकले सबै प्रकारको निकास पाउनेछ ।’

देश विदेशमा रहनेका नेपालीहरुलाई नयाँ वर्ष २०७६ को शुभकामना सन्देश दिँदै देउवाले नागरिकको गुणस्तरीय जीवनयापनका लागि कांग्रेस क्रियाशील रहेको उल्लेख गरेका छन् । नयाँ वर्ष शान्ति र सदभावको वर्ष हुने उनको विश्वास छ ।

देउवाले नयाँ वर्ष २०७६ ले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

नव वर्षको शुभकामना दिइरहँदा उनले बारा पर्सामा हावाहुरीमा परेर जीवन गुमाएकाहरुलाई स्मरणसमेत गरेका छन् । हुरीबाट पीडितहरुको उद्धार र पुनस्र्थापनाको कार्यलाई प्रभावकारी ढंगले सम्पादन गरेर तिनको जीवन सहज तुल्याउने कार्य तीब्र ढंगले गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?