
४ वैशाख, काठमाडौं । सिन्धुलीका देवकुमार घिसिङ र पदमबहादुर श्रेष्ठ मंगलबार दिउँसो लाजिम्पाटस्थित सुवर्ण समशेर मार्गमा लुखुर लुखुर हिँडिरहेका थिए ।
उनीहरु दुबैले ठुल्ठुला झोला बोकेका थिए । गाउँले पारामा राजधानीको सडकमा निर्धक्क हिँडिरहेका ती ‘भरिया’ का साथमा रहेछ ५० किलो गाँजा ।
बाटोमा हिँडिरहेका घिसिङ र श्रेष्ठमाथि शंका लागेर प्रहरीले बाटैमा उनीहरुलाई समात्यो र चेकजाँच गर्दा दुबैको झोलाबाट २५÷२५ किलो गरी कुल ५० केजी गाँजा बरामद भएको महानगरी प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरु दुबैलाई लागू औषधसहित नियन्त्रणमा लिएर भग अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4