+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

२४ औं वन्यजन्तु सप्ताह : सौराहामा फोटो प्रदर्शनी

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ५ गते १८:५१

५ वैशाख, चितवन । वन्यजन्तु सप्ताहको अबसरमा पर्यटकीय नगरी सौराहामा बिहीबारबाट फोटो प्रदर्शनी सुरु भएको छ ।

मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति अन्तर्गतको सामुदायिक सीप केन्द्रले आयोजना गरेको फोटो प्रदर्शनी तीन दिनसम्म चल्ने केन्द्रका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिए ।

फोटोमार्फत वन र वन्यजन्तुको महत्वको बारेमा समुदायलाई जानकारी गराउन फोटो प्रदर्शनी गरिएको अध्यक्ष घिमिरेले बताए ।

सौराहाका १० जना नेचरगाइडले निकुञ्जमा खिचेका ९७ वटा फोटो प्रदर्शनीमा राखिएको छ ।

हात्ती, गैंडा, बाघ, भालु, चितुवा, गोही, मयुर, पुतली, जरायो, चित्तल, विभिन्न प्रजातीका चरालगायतका वन्यजन्तुका आर्कषक फोटोहरु प्रर्दशनीमा राखिएको छ ।

नेचरगाइडहरु विमिता भण्डारी, लोजिक कृष्ण सागर, नारायण रिजाल, राधाकृष्ण श्रेष्ठ, विष्णु रिजाल, युवानारायण पौडेल, रमोद सुनार, सोम लामा, टेकबहादुर गुरुङ र कुमार महतोले क्यामरामा कैद गरेको फोटो प्रदर्शनीमा राखिएको हो ।

मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बासु ढुंगाना प्रमुख अतिथि रहेको उद्घाटन कार्यक्रममा निकुञ्जको सौराहा सेक्टर प्रमुख ऋषि रानाभाट, रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरी, बाघ संरक्षण समितिका अध्यक्ष जीतु तामाङ, फोटो ग्राफर लोजिक कृष्ण सागर लगायतले मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?