+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

प्रदेश ३ को ‘लगानी सम्मेलन’ चितवनमा

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ५ गते २०:०५

५ वैशाख, चितवन । प्रदेश ३ को सरकारले प्रदेशभित्र लगानी भित्राउन भन्दै भोलि र पर्सि चितवनमा ‘लगानी सम्मेलन’ गर्ने भएको छ ।

लगानीका अवसरहरु सिर्जना गर्न वृहत्त अन्तक्र्रिया गर्न लाथिएको प्रदेश योजना आयोगका उपाध्यक्ष डा.खिमलाल देवकोटाले जानकारी दिए । उनका अनुसार विषय विज्ञ, लगानीकर्ता र सरकारी अधिकारी गरी १२१ जना सहभागी हुने कार्यक्रमको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ ।

‘प्रदेश तीनमा लगानीको प्रचुर सम्भावना छ, लगानीलाई प्रोत्साहन गर्न कार्यक्रम गर्न लागिएको हो’ प्रदेश योजना आयोगका सदस्य श्यामकुमार बस्नेतले भने, ‘कार्यक्रममा १३ जिल्लाका उद्योगी व्यवसायी, उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, चेम्बर अफ कमर्सका अध्यक्ष र उद्योगपतिहरु आउनुहुन्छ ।’

उद्योग, पूर्वाधार, विशिष्टिकृत सेवा, पर्यटन गरी पाँच वटा क्षेत्रमा लगानी केन्द्रीकृत गर्न प्रोत्साहित गरिने उपाध्यक्ष देवकोटाले जानकारी दिए ।

प्रदेश नं. ३ का विभागीय मन्त्रीहरुले आ–आफ्नो क्षेत्रको छलफलमा अध्यक्षता ग्रहण गर्नेछन् । कार्यक्रमको पहिलो दिन दुई वटा कार्यपत्र र दोस्रो दिन विशेष क्षेत्रका विज्ञबाट पाँच वटा कार्यपत्र प्रस्तुत हुनेछन् ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा हुने कार्यक्रममा पूर्वअर्थमन्त्री डा. रामशरण महत विशेष अतिथि रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?