+
+

थपलिया प्रमुख निर्वाचन आयुक्त नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ६ गते १८:०५

६ वैशाख, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलिया प्रमुख निर्वाचन आयुक्तमा नियुक्त भएका छन् ।

थपलियालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नेपालको संविधानको धारा २४५ को उपधारा २ बमोजिम प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेकी हुन् ।

संवैधानिक परिषदले प्रमुख आयुक्तमा सिफारिस गरेका थपलियाको नाम बुधबार संसदीय सुनुवाई समितिले अनुमोदन गरेको थियो ।

२०७५ चैत १० गते अयोधीप्रसाद यादवले अवकाश पाएपछि निर्वाचन आयोग नेतृत्वविहीन थियो । राष्ट्रपति भण्डारीले शुक्रबार नै राष्ट्रिय समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझालाई नियुक्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?