+
+

विष्णु माझीको ‘बलिदान’, गर्लफ्रेन्ड सेयर गर्ने साथीको कथा

लोकगीतको इतिहासमा सबैभन्दा महंगो म्युजिक भिडियो बनाएको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ७ गते ६:४२

काठमाडौं । योग्सना म्युजिक प्रालिले नयाँ लोक गीत ‘बलिदान’ बजारमा ल्याएको छ ।

चर्चित गायिका विष्णु माझीको स्वरमा सजिएको गीतमा गर्लफ्रेन्ड (केटी साथी) सेयर गर्ने साथीहरुको कथा व्यथा छ । गीतको शब्द र लय दुवै गणेश अधिकारीको हो ।

निर्माण कम्पनीले उच्च प्रविधि प्रयोग गरेर उत्कृष्ट म्युजिक भिडियो बनाएको दाबी गरेको छ । योग्सना म्युजिकका अनुसार हेलिकोप्टर प्रयोग गरिएको सबैभन्दा महंगो नेपाली म्युजिक भिडियो हो यो । म्युजिक भिडियो निर्माणमा आठ लाख रुपैयाँभन्दा बढी खर्च भएको कम्पनीको दाबी छ ।

गाउँको गरिब परिवारकी युवती कसरी शहरीया बन्छिन् र गलत व्यक्तिको कारण कुलतमा फसेर जीवन बर्बाद हुन्छ भन्ने कथा म्युजिक भिडियोमा छ ।

म्युजिक भिडियोमा मोडल विमल अधिकारी, सारिका केसी, ओबी रायमाझीलगायतले जीवन अभिनय गरेका छन् । म्युजिक भिडियोको छायांकन सुरेश श्रेष्ठले गरेका हुन् । निर्देशन कपिल लामाले गरेका छन् भने सुजन शाहीले सम्पादनको पाटो सम्हालेका छन् ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?