Comments Add Comment

यस्तो रेस्टुरेन्ट, जहाँ भुतप्रेतले पाहुनालाई स्वागत गर्दछन्

मानिसहरु आनन्दसँग खानेकुराको स्वाद लिनका लागि रेस्टुरेन्टमा जान्छन् । तर यो दुनियाँमा एउटा यस्तो रेष्टुरेन्ट छ, जहाँ छिर्नेबित्तिकै पाहुनाहरु डरले थर–थर काँप्न बाँध्य हुन्छन् ।

उक्त रेष्टुरेन्टको माहौल नै निकै डरलाग्दो छ । त्यहाँ वेटरले होइन, भुत प्रेतले पाहुनाको स्वागत गर्दछन् र पाहुनालाई खानेकुरा टक्र्याउँछन् । यतिमात्र कहाँ हो र ? रेस्टुरेन्टभित्र लासहरुसँगै बसेर खानेकुरा खानु पर्दछ । अझ डरलाग्दो कुरा त के भने रेस्टुरेन्टमा छिर्नेबित्तिकै ग्राहकहरुलाई रगतले लतपतिएको चक्कुबाट स्वागत गरिन्छ ।

यस्तो विचित्र रेष्टुरेन्ट स्पेनमा रहेको छ । स्पेनमा रहेको ला मासिया एन्कान्टडा रेस्टुरेन्ट दुनियाँकै डरलाग्दो रेस्टुरेन्ट हो ।

यो रेस्टुरेन्टको अवधारणा वास्तवमा यसको इतिहासबाट प्रेरित छ । खासमा त्यहाँ कुनै वास्तविक भुत प्रेत हुँदैनन् । रेस्टुरेन्टकै कर्मचारीहरु भुतप्रेत जस्तै बनेका हुन्छन् ।

उक्त रेस्टुरेन्ट मालिकको पारिवारिक सम्पत्तिकै रुपमा रहेको पुरानो भवनमा सो रेस्टुरेन्ट खोलिएको छ । सो भवनमा पहिले देखिनै अदृश्य राक्षसी शक्तिको प्रभाव रहेको विश्वासमा त्यहाँ खोलिएको रेस्टुरेन्टलाई पनि हन्टेड रेस्टुरेन्टकै रुपमा तयार गरिएको हो ।

रेस्टुरेन्ट दिनमा ३ घण्टा खुल्दछ र यसमा ६० सिट छन् । रेस्टुरेन्टमा खाना खानका लागि पहिले नै बुकिंग गराउनु पर्दछ ।

जब ग्राहक रेस्टुरेन्टमा छिर्दछन् तब रगतले लतपतिएको छुरीले स्वागत गरिन्छ । त्यसपछि जब ग्राहक भित्र छिरेर केही अगाडि बढ्दछन् तब मान्छेका छिनालिएका हात तथा झुण्डाइएका मान्छेजस्ता आकृतिहरु देखिन्छन् । खाना खाने बेलामा एउटा शो सञ्चालन गरिन्छ । त्यो शो हेर्न ठूलै हिम्मत चाहिन्छ । त्यसक्रममा विभिन्न खाले डरलाग्दा भुतप्रेतको भेषमा मान्छेहरु आउँछन् र खानेकुरा पनि टक्र्याउँछन् ।

ग्राहकहरुलाई तर्साउने अनेक प्रयास गरिन्छ । तर्साएरै मनोरञ्जन प्रदान गरिन्छ । उक्त रेस्टुरेन्टमा दम तथा मुटुरोगीलाई आउन मनाही गरिएको छ । साथै गर्भवती महिला र अपांगहरु पनि त्यहाँ आउन पाउँदैनन् ।

रेस्टुरेन्टमा मोबाइल, क्यामरा पनि लैजान पाइँदैन । भुतको खेल मन पराउनेका लागि यो रेस्टुरेन्ट निकै राम्रो गन्तब्य बनिरहेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment