Comments Add Comment

पूर्वमाओवादीबाट कोको भए नेकपाका जिल्ला अध्यक्ष ?

तत्कालिन एमालेका ३३ जिल्ला अध्यक्षको सचिवमा घटुवा

९ वैशाख, काठमाडौं । सत्तारुढ नेकपाका ७७ जिल्ला कमिटीमध्ये तत्कालीन माओवादीले ३३ जिल्लाको अध्यक्ष र ४४ जिल्लाको सचिव पाएको छ । तत्कालीन एमालेले ४४ जिल्लामा अध्यक्ष र ३३ जिल्लामा सचिव पाएको छ ।

जिल्ला अध्यक्ष र सचिवहरुको अन्तिम सूची महासचिव बिष्णु पौडेलले केन्द्रीय कार्यालयमा बसेर बनाइरहँदा पूर्व माओवादीतर्फका ३३ जिल्ला अध्यक्षको नाम बाहिरिएको छ । पूर्व माओवादीतर्फका अध्यक्षको नाम तय गर्नुअघि अध्यक्ष प्रचण्डले रामवहादुर थापा बादल र नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए ।

पूर्व माओवादीले प्रदेश १ बाट १४ मध्ये ५ जिल्लामा अध्यक्ष पाएको छ । जसमध्ये ताप्लेजुङमा बिजय बनेम, सुनसरीमा योगेन्द्र मण्डल, उदयपुरमा विनोदकुमार कटुवाल, खोटाङमा देवान चाम्लिङ र ओखलढुंगामा मोहनकुमार खड्का छन् ।

त्यसतै प्रदेश २ मा आठमध्ये चार जिल्लाको अध्यक्ष पूर्व माओवादीले पाउँदा सप्तरीमा अशोक मण्डल,  सिराहामा रामकुमार यादव, महोत्तरीमा राजु खड्का,  बारामा छत्रबहादुर श्रेष्ठ  छन् ।

प्रदेश ३ का १३ मध्ये ५ जिल्लाको नेतृत्व पाएको माओवादीबाट रामेछापमा मैनकुमार मोक्तान, सिन्धुलीमा राजन दाहाल, चितनवमा यमबहादुर परियार, काभ्रेमा रुकु चौलागाई र नुवाकोटमा हिरानाथ खतिवडा अध्यक्ष बनेका छन् ।

त्यस्तै गण्डकी प्रदेशबाट गोरखामा लेखबहादुर थापा, स्याङ्जामा सूर्यप्रसाद गैरे (पारस)  , म्याग्दीमा गोविन्द पौडेल र लम्जुङमा मधु अधिकारी अध्यक्ष बनेका छन् । प्रदेश ५ बाट नवलपरासीमा भविश्वर तिवारी , बाँकीमा आइपी खरेल, बर्दियामा भुवन थारु, रोल्पामा सुरेन्द्र घर्ती र पूर्वी रुकुममा मेघवहादुर श्रेष्ठ अध्यक्ष भएका छन् ।

कर्णाली प्रदेशबाट मुगुमा सुखबीर बुढा, कालीकोटमा धनजीत शाही, हुम्लामा लालकेश जैसी, जाजरकोटमा ढकवीर पुन र पश्चिम रुकुममा गोपाल शर्मा अध्यक्ष भएका छन् । सुदुरपश्चिम प्रदेशबाट बझाङमा मिनबहादुर खड्का,कञ्चनपुरमा वीरवहादुर थापा, डडेलधुरामा मानसिंह माल र दार्चुलामा गणेश खत्री अध्यक्ष भएका छन् ।

पूर्व माओवादीले अध्यक्ष पाएका ३३ जिल्लामा तत्कालीन एमालेका अध्यक्षहरु अब सचिवमा घटुवा भएका छन् । यसरी घटुवा हुनेमा प्रभावशाली सांसद तथा नेता समेत छन् । संसदको कानुन समितिका सभापति समेत रहेका कृष्णभक्त पोखरेल चितवनको सचिवमा घटुवा भएका छन् । तत्कालीन एमालेका अधिकांश अध्यक्षहरु संघीय तथा प्रदेश सांसद तथा स्थानीय तहका प्रमुख छन् ।

पार्टीको यो नयाँ मापदण्डप्रति कतिपय तत्कालीन अध्यक्षले असन्तुष्टि जनाउँदै सचिव पदमा नबस्ने जानकारी नेतृत्वलाई गराएका छन् ।

ताप्लेजुङका बलवहादुर सामसुहाङ, संखुवासभाका हेमराज घिमिरे, खोटाङका बबी चाम्लिङ,उदयपुरका ईश्वरमणि राउत र ओखलढुंगामा मोहन श्रेष्ठ सचिवमा घटुवा भएका छन् ।

त्यस्तै प्रदेश २ बाट घटुवा हुनेमा सिरहाका प्रमोदकुमार यादव, सर्लाहीका रेवती पन्त र बाराका त्रिलोकी चौधरी छन् ।

प्रदेश ३ बाट घटुवा हुनेमा रामेछापका शान्तिप्रसाद पौडेल,सिन्धुलीका प्रदीप कटुवाल, काभ्रेका टोकवहादुर वाइबा, नुवाकोटका नारायण खतिवडा, चितवनका कृष्णभक्त पोखरेल छन् ।

गण्डकी प्रदेशबाट घटुवा हुनेमा गोरखाका प्रेम गुरुङ, लम्जुङका धनन्जय दवाडी, म्याग्दीका हरिकृष्ण श्रेष्ठ र स्याङ्जाका मिनप्रसाद श्रेष्ठ छन् । प्रदेश ५ बाट घटुवा हुनेमा बाँकेका अशोक कोइराला, बर्दियाका हरि ज्ञवाली, रोल्पाका हरिप्रसाद घर्ती र रुकुमका विमलकुमार पुन छन् ।

कर्णाली प्रदेशबाट मुगुका धरमवहादुर शाही, डोल्पाका दत्तबहादुर रोकाया, जुम्लाका तीर्थ बुढा, हुम्लाका दल रावल र जाजरकोटका करवीर शाही छन् ।

सुदुरपश्चिम प्रदेशबाट घटुवामा पर्ने तत्कालीन एमालेका अध्यक्षहरुमा कन्चनपुरका तारा लामा तामाङ, डडेलधुराका डा. तारा जोशी , बझाङका डिलबहादुर सिंह र दार्चुलाका ताराप्रसाद जोशी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment