
१० वैशाख, काठमाडौं । संगीतकार मदन दीपविमको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार हृदयाघातको कारण उनको निधन भएको हो ।
उनी छोरी ममता दीपविमसँगै अमेरिकास्थित सनफ्रान्सिस्कोमा बस्दै आएका थिए ।
उनले सुरिलो रुख सल्लै हो, तिम्रै यादमा कल्पी कल्पी, झस्केर दुख्छ यो मुटु मेरो, के भूल भयो प्रीया जस्ता चर्चित गीतहरुमा संगित दिएका छन् । उनले केही समय रेडियो नेपालमा पनि जागिर गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4