
यो वर्षको प्रतिक्षित चलचित्रका रुपमा हेरिएको बलिउड चलचित्र ‘कंलक’ गत बुधबारबाट सार्वजनिक प्रदर्शनमा आएको थियो । रिलिजको पहिलो दिन सुखद ओपनिङ गरेको चलचित्रले आफ्नो व्यापारलाई निरन्तरता दिन सकेन ।
समिक्षात्मक रुपमा चलचित्र निकै कमजोर भएपछि चलचित्रको व्यापारमा पनि प्रत्यक्ष असर पर्यो । करण जोहरले निर्माण गरेको यो चलचित्र करणको करिअरकै सबैभन्दा असफल चलचित्र बनेको भन्दै भारतीय मिडियाले समाचार लेखिसकेका छन् । यो चलचित्रलाई करणले आफ्नो ड्रिम प्रोजेक्ट मानेका थिए ।
यस्तैमा चलचित्रकी नायिका आलिया भट्टले चलचित्र असफलताको विषयमा बोलेकी छिन् । उनले भनेकी छिन्–‘जनताको अदालत नै सबैभन्दा ठुलो अदालत हो । यदी दर्शकलाई नै चलचित्र मन परेन भने त्यो चलचित्र सफल हुदैन । यसलाई हामीले पनि स्विकार्नु पर्छ ।’ आलियाले आगामी दिनमा आफ्नो दर्शकलाई निराश नपार्न प्रयास गर्ने बोलेकी छिन् ।
अभिषेक वर्मानको निर्देशनमा तयार भएको यो चलचित्रमा आलियासँगै बरुण धवन, सोनाक्षी सिंह, आदित्य रोय कपुर, माधुरी दिक्षित, संजय दत्त लगायतको मुख्य भूमिका छ ।
प्रतिक्रिया 4