+
+

ललितपुर महानगरले पनि दुईवटा ब्रमुर ल्याउने

रासस रासस
२०७६ वैशाख १५ गते १४:५०
Photo Credit : काठमाडौं महानगरपालिकाको ब्रुमरको फाइल तस्वीर

१५ वैशाख, ललितपुर । ललितपुर महानगरपालिकाले आगामी असारसम्म दुई वटा ब्रमुर खरिद गर्ने भएको छ । महानगरपालिकाका सडकमा रहेको धुलो सफा गर्नका लागि ब्रुमर खरिद प्रक्रिया अघि बढाइएको हो ।

ब्रमुर खरिदका लागि ठेक्का सम्झौता प्रक्रिया अघि बढाइएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले स्वीटजरल्याण्डमा बनेको बु्रमर खरिद गर्न लागेको महानगरका प्रवक्ता राजु महर्जनले बताए ।

ललितपुर महानगरपालिकाको शहरी क्षेत्रमा धुलो सफा गर्नका लागि दुई वटा बु्रमर पर्याप्त हुने उनले बताए । ‘नगरका भित्री क्षेत्रमा सफा गर्न दुई वटा बु्रमर पर्याप्त हुनेछ’ उनले भने । महानगरपालिकाले खरिद गर्न लागेको बु्रमर काठमाडौँ महानगरपालिकाले अहिले सञ्चालन गरिरहेको बु्रमरजस्तै आधुनिक प्रविधिको भएको प्रवक्ता महर्जनले बताए ।

ललितपुर महानगरपालिकामा अहिले एउटा सानो ब्रुमर भए पनि सञ्चालनमा नभएको उनले बताए । ‘अहिले हामीसँग भएको पुरानो प्रविधिको ब्रुमरले धेरै धुवाँ फल्ने भएकाले वातावरण प्रदूषण गर्ने भएकाले अहिले सञ्चालनमा छैन ।’ महानगरभित्रका सडक सफा गर्नका लागि महानगरपालिकाले गाडी र कर्मचारी पनि थप्ने तयारी गरेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?