
नायक अनुप विक्रम शाही लिड भूमिकामा रहेका चलचित्र बक्स अफिसमा सफल छैनन् । अनुपको अभिनयको सर्वत्र चर्चा भएपनि उनी दर्शक हलसम्म तान्न भने असमर्थ छन् । यसैले पनि जेठ १७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कप्स’ अनुपका लागि विशेष छ । अनुपविक्रम शाहीलाई चलचित्रमा प्रहरीको भूमिकामा देख्न सकिनेछ ।
सम्राट सापकोटाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रले एक इमान्दार प्रहरीको कथालाई प्रस्तुत गरेको छ । चलचित्रमा अनुपको जोडीको रुपमा सन्दिपा लिम्बुले अभिनय गरेकी छिन् । निर्माणपक्षका अनुसार, चलचित्रले पब्लिक, पोलिटिक्स र पुलिसको कथा भन्छ ।
आर्या मुभिज र सारा श्री मुभिजको ब्यानरमा निर्माण भएको यो चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, अष्ट महर्जनको एक्सन, विपिन मल्लको सम्पादन, कविराज गहतराज र शिशिर खातीको नृत्य निर्देशन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4