+
+

ग्लोबल आइएमई बैंकका थप ५ शाखारहित बैंकिङ सेवा संचालनमा

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १७ गते १९:३१

१७ वैशाख, काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप ५ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ।

बैंकले अर्घाखाँचीको धनचौर, कास्कीको रुपाकोट, सुनसरीको जमुवा, लमजुङ्गको सातबिसे र सोही जिल्लाको धमिलिकुवामा शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानीय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम, सिडिएमए, युटिएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन्।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउन बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको बैंकको भनाइ छ।

बैंकका देसभरि १३७ शाखा, १५ राजश्व संकलन काउण्टर, १४२ एटिएम, १० वटा एक्सटेन्सन काउण्टर तथा १३१ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?