Comments Add Comment

कर्णालीका सांसद भन्छन् : हामी खरिदार खोजिरहेका छौं, तपाईंहरु रोजी रोजी सचिव फेर्नुहुन्छ

२२ वैशाख, काठमाडौँ । राजधानीको मुटुमा रहेको सङ्घीय संसद् भवनमा सरकारको नीति तथा कार्यक्रम आउँदै गर्दा कर्णालीमा बाटाबाटै नून बेचिन्छ, चामल बेचिन्छ । अरू धेरै चीज बेचिन्छ । यो प्रतिनिधिसभाको आजको बैठकमा जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद गजेन्द्र महतको भनाइ हो  ।

सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि धारणा राख्दै सांसद महतले कर्णाली प्रदेशलाई नीति तथा कार्यक्रममा समावेश नगरेकामा गुनासो गरे । उनले कर्णालीका लागि गएको नुनचामल बाटामा बेच्नेहरुमाथि कारवाही गर्न पनि माग गरे ।

केही दिन पहिले जाजरकोटमा नेपाल खाद्य संस्थानले पठाएको चामल बाटामा नै बेचिएको समाचार सार्वजनिक भएको थियो । सांसद महतले भने ‘नीति तथा कार्यक्रम राम्रो छ, यो मेरो पार्टीको सरकार हो  तर कर्णालीलाई जुन उचाइबाट सम्बोधन हुन्छ भन्ने अपेक्षा थियो  त्यसो भएन, त्यसमा कमजोरी भएको छ ।’

कर्णालीका जनताले  सिटामोल र अहेव खोजिरहेको भए पनि गणतन्त्रमा समेत जनशक्ति नपाएको गुनासो गरे । सांसद महतले भने, ‘हामी कर्णालीमा डाक्टर खोजिरहेका छौं, तर सुगम क्षेत्रका तपाईंहरु डाक्टर अब बढी भयो भनिरहनुभएको छ । हामी खरिदार मुखिया खोजिरहेका छौँ, तपाईंहरु रोजी रोजी सचिव फेरिरहनुभएको छ । हामी उता खच्चड र ट्याक्टरलाई माला लगाइरहेका छौँ, तपाईंहरु विमानस्थल ठूला ठूला बनाउने भनिरहनुभएको छ । ठूला विमानस्थल पनि बनाउने हो  तर कर्णालीलाई पनि सम्बोधन गर्नुपर्‍यो भन्ने मेरो भनाइ हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment