+
+

काठमाडौं प्रहरी प्रमुख फेरिए, अपराध महाशाखामा सहकुल थापा

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २३ गते १२:५८

२३ वैशाख, काठमाडौं । प्रहरी प्रधान कार्यालयले काठमाडौं प्रहरी परिसर र अपराध महाशाखामा नेतृत्व परिवर्तन गरेको छ ।

प्रधान कार्यालय स्रोतका अनुसार काठमाडौंको प्रहरी प्रमुखमा एसएसपी उत्तमराज सुवेदी सरुवा भएका छन् ।

नेपाल प्रहरीको प्रवक्ता रहेका सुवेदीलाई काठमाडौंको कमाण्ड दिइँदा हालका काठमाडौं प्रहरी प्रमुख वसन्त लामा लागू औषध नियन्त्रण व्यूरोमा सरुवा भएका छन् ।

यस्तै अपराध महाशाखाको प्रमुखमा एसएसपी सहकुल थापा सरुवा भएका छन् । विराटनगर तालिमकेन्द्रमा रहेका थापालाई धिरजप्रताप सिंहको ठाउँमा ल्याइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?