+
+

गोदावरीमा मिनी ट्रक दुर्घटना, ३३ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ३ गते २०:२०

३ जेठ, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–६, चारघरेमा मिनी ट्रक दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् । शुक्रबार अपरान्ह मल्ल डाँडातिर जाने क्रममा ट्रक दुर्घटना भएको हो ।

महानगरीय प्रहरी परिसर, ललितपुरका डीएसपी नारायण चिमरियाले अनलाइनखबरलाई दिएको जानकारी अनुसार को १ ख ४९४२ नम्बरको ट्रक अनियन्त्रित भइ पल्टिएको थियो ।

‘ग्रामिण भेगतिर जाने बाटो भएकाले हत्तपत्त त्यहाँ सार्वजनिक गाडी पाइँदैनथ्यो’, चिमरियाले भने, ‘त्यसैले ट्रकमा यात्रु पनि चढ्दा रहेछन् ।’ उनका अनुसार घाइतेहरुको ललितपुरको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

‘घाइते मध्ये केहीको ग्राण्डी र केहीको पाटन हस्पिटलमा उपचार भइरहेको छ’, उनले थपे । घाइतेमध्ये सबैको अवस्था सामान्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?