+
+

थाइल्याण्ड बसेर करोडौं ठगी गर्ने परशुराम पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ११ गते १७:००

११ जेठ, काठमाडौं । थाइल्याण्डमा बसेर मानव तस्करी गर्दै आएको आरोपमा परशुराम गुरुङ पक्राउ गरेका छन् । थाइल्याण्डमा पक्राउ गरेका उनलाई १० जेठमा नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।

३८ वर्षीय गुरुङले आफूलाई कमल, पारस, मनोज, किम, अधिराज, प्राताप लगायतका नामले चिनाउने गरेको पीडितहरुबाट थाहा भएको छ ।

थाइल्याण्डमा बस्दै आएका उनले सामाजिक सञ्चालमार्फत सम्पर्क गरेर विभिन्न देशमा पुर्‍याइदिने, पीआर पदलाइदिने लगायतका प्रलोभन देखाउने गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । उनले एक जनाबाट ५ लाख २० लाखसम्म दिने गरेका थिए र यसरी उठाएको रकम १३ करोड बडी भएको पाइएको छ ।

रकम लिएपछि उनले भिजिट भिसामा बैंककसम्म पुर्‍याउने, एकान्त स्थानमा रहेको होटल तथा फ्षटमा राख्ने र धम्क्याउने गरेको पाइएको छ ।

उनीविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा ५० भन्दा बढी पीडितले जाहेरी दिएका छन् । उनको नाममा इन्टरपोलबाट डिफ्युजन नोटिस समेत जारी भएको थियो ।

थाई प्रहरीको सहयोगमा चैत १३ गते पक्राउ गरिएको उनलाई प्रक्रिया पुर्‍याएर १० जेठमा नेपाल ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?