+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

मेघ गर्जन र हुरीसहित वर्षाको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १८ गते ८:३९

१८ जेठ, काठमाडौं । मौसमविदहरुले अझै केही दिन देशभर हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने पूर्वानुमान गरेका छन् । मौसम विज्ञान विभागले जारी गरेको नियमित बुलेटिनअनुसार शनिबार, आइतबार र सोमबारसम्मै मौसम सफा हुने छैन ।

मौसमविद मञ्जु बासीका अनुसार पश्चिमी र स्थानीय वायुको प्रभाव तथा पूर्व क्षेत्रमा बनेको न्यूनचापीय रेखाका कारण अहिले काठमाडौं उपत्यकासहित देशभरको मौसम बदली छ । यसैको प्रभावका कारण केही स्थानहरुमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने छ ।

शनिबार दिउँसो पूर्वी तथा मध्य भू-भाग लगागत पश्चिमी पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी भूभागमा आंसिक बदली रहनेछ । शनिबार दिउँसो केही स्थानहरुमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना पनि छ ।

शनिबार राति पनि देशैभर बदली भई पश्चिमी भूभागका केही स्थानमा र मध्य तथा पूर्वी भूभागका थोरै स्थानमा मेघ गर्जनसहित वर्षा हुने छ ।

आइतबार दिउँसो र राति देशैभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको पछिल्लो बुलेटिनमा उल्लेख छ ।

सोमबार दिउँसो पनि मेघ गर्जनसहित वर्षाको सम्भावना छ । देशैभरि आंशिकदेखि सामान्य बदली रही पश्चिमी भागका केही स्थानमा र मध्य तथा पूर्वी क्षेत्रका थोरै स्थानमा मेघ गर्जनसहित वर्षा हुने छ । सोमबार राति भने देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली मौसमविदको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?