+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

प्रधानमन्त्रीलाई विश्वप्रकाशको प्रश्न : यही हो शासकीय क्षमता ?

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७६ जेठ १८ गते २०:२२

१८ जेठ, बुटवल । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको शासकीय क्षमतामाथि प्रश्न उठाएका छन् ।

रुपन्देही कांग्रेसको जिल्ला अधिबेशनलाई सम्बोधन गर्दै नेता शर्माले गिरिजाप्रसाद कोइरालाले माओवादीका प्रचण्डसंगै बाबुराम भट्टराई र मोहन बैद्यलाई शान्तिप्रकृयामा ल्याएर संसद र सिंहदरबारको बागडोर सम्हाल्न दिएको स्मरण गरे । उनले भने, ‘हिजो कांग्रेसले शान्ति प्रकृयामा नल्याएको भने अहिलेका गृहमन्त्री (बादल) बेपत्ताको सूचीमा हुने थिए ।’

अहिले एउटा कम्युनिष्ट सरकारमा रहेको र अर्काेमाथि प्रतिबन्ध लाएको भन्दै उनले प्रधानमन्त्रीलाई प्रश्न गरे, ‘विप्लवबाट आत्तिएर हैरानी छ । यहि हो शासकीय क्षमता ?’
उनले हिंसा छाडेर शान्तिपूर्ण बाटोमा आउन विप्लव समूहलाई आग्रह गरे । ‘प्रचण्डलाई मारेर जनगणतन्त्र आउँदैन तर, सिंहदरबारमा बस्ने केपी ओली जीले पनि बुझ्नु पर्छ बिप्लवलाई मारेर पनि लोकतान्त्रिक पद्धती विकास हुँदैन ।’

सरकारसँग परिपक्वता, धैर्यता र समन्वय गर्ने कुनै चाहना नभएको भन्दै उनले शासकीय क्षमतामा प्रश्न गरे ।

कांग्रेस प्रवक्ता शर्माले सबैलाई नियन्त्रण गरेर बलियो हुने सपना नदेख्न प्रधानमन्त्री ओलीलाई आग्रह समेत गरे । ‘प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारभूत विषय हो, प्रेस स्वतन्त्र रहर निर्बाध ढंगले लेख्न पाएन भने सत्ता कसरी बदलिन्छ, यदि प्रेसले स्वतन्त्र ढंगले आलोचना गर्न पाएन भने नेतृत्वले आफूलाई कसरी रुपान्तरण गर्छ ?’ उनले भने, ‘त्यसैले प्रेस स्वतन्त्र हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?