
सिड्नी । अष्ट्रेलियाको डार्बिन शहरको एक होटलमा मंगलबार साँझ अन्धाधुन्ध गोली चल्दा ४ जनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।
प्रत्यक्षदर्शीहरुका अनुसार डार्बिनस्थित पाल्म्स होटलमा एक अधबैंशे व्यक्तिले होटलका हरेक कोठामा गोली चलाउँदै हिँडेका थिए ।
अष्ट्रेलियाका सञ्चारमाध्यमका अनुसार करिब ४५ वर्षीय युरोपियन मूलका ती व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ । ‘एक्कासी केही पड्केको जस्तो आवाज आउँदा त मलाई कतै आतिसवाजी भइरहेको जस्तो भान भएको थियो,’ एक प्रत्यक्षदर्शीको भनाइ उद्धृत गर्दै डेली मेलले लेखेको छ ।
डार्बिनमा करिब ५ हजार नेपाली रहेका छन् । घटनामा कुनै नेपाली नपरेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4