Comments Add Comment

पहिले बलर, त्यसपछि अम्पायर ‘शिकार’ भए

काठमाडौं । विश्वकपमा शतक पुरा गर्दाको खुसी कस्तो हुन्छ ? ब्याट्सम्यानहरुले आफ्नो शैलीमा खुसी मनाउँछन् तर, इंग्ल्याण्डका ब्याट्सम्यान जेसन रोयसँग भने अनौठो भयो ।

शनिबार बंगलादेशविरुद्ध रोयले आफ्नो करियरको नवौं शतक बनाए । तर १०० रन पुरा गर्ने क्रममा उनी अम्पायर जोएल विल्सनसँग नराम्रोसँग ठोक्किन पुगे ।

उनीहरु यति जोडले ठोक्किएका थिए कि विल्सन मैदानमा लडे । रोयले हात दिए र विल्सन हाँस्दै उठे । मेडिकल टिमले दुबैको चेकजाँच गर्‍यो र गम्भीर चोट नलागेको पाएपछि खेल जारी रह्यो । यसपछि ट्वीटरमा यसको निकै चर्चा भयो ।

यो घटना इंग्ल्याण्डको पारीमा २७ औं ओभरमा भयो, जब बंगलादेशका मुस्तफिजुर रहमानको बलिङमा थिए र रोय ९६ रनमा ब्याटिङ गरिरहेका थिए । ओभरको पाँचौ बल रोयको ब्याटमा लाग्यो र बाउन्ड्रीतर्फ जाँदै थियो ।

सबैको नजर बलतिर थियो र रोय रन जोड्न दौडिए । उनी यति हतारिएका थिए कि मैदानमा रहेको अम्पायरलाई समेत हेरेनन् र ठोक्किन पुगे ।

यद्यपि बलले बाउन्ड्री छायो, शतक पुरा भयो । रोयले विल्सनलाई उठ्न सहयोग गरे, उनको अवस्थाबारे सोधे । त्यसपछि मात्र उनले शतकको खुसी मनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment