+
+

रंगशाला डोजर प्रकरण : मुख्य आरोपी कँडेलसहित ४ जना छुटे

सुवास पण्डित सुवास पण्डित
२०७६ जेठ २६ गते २३:०४

२६ जेठ, चितवन । निर्माणाधिन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाएर भत्काएको अभियोगमा पक्राउ परेका थप चार जना रिहा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले आइतबा राति करीव १०.३० बजे डोजर प्रकरणका मुख्य आरोपी मानिएका प्रकाश कँडेल, भैरव बास्ताकोटी, सुरेन्द्र बि.क. र धुव्र चापागाई रिहा गरेको हो । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, प्रदेश सभाका सांसद विजय सुवेदी, चितवनका प्रहरी प्रमुख दानबहादुर मल्ल लगायतको उपस्थितिमा उनीहरुलाई रिहा गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतले पक्राउ परेका चारै जनालाई हाजिरी जमानीमा छाडिएको बताए । घटना घटाउने पक्षले क्षमायाचना गर्ने र भत्काएको बार पुर्ननिर्माण गर्ने विषयमा सहमति जनाएपछि रंगशाला निर्माणमा थप वातावरण बनाउन रिहा गरिएको प्रजिअ वस्नेतले बताए ।

आरिहा भएका चारै जनालाई १२ दिनसम्म दैनिक हाजिर हाजिरी जमानीमा छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक दानवहादुर मल्लले जानकारी दिए ।

पक्राउ परेका चारै जनाले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै जेठ १५ गते विहान डोजर लगाएर बार भत्काउने कार्यप्रति दुःख व्यक्त गर्दै क्षमायाचना गरेका छन् । उनीहरुले भत्काएको पश्चिम तर्फको बारलाई तत्काल यथास्थानमा पुर्ननिर्माण गरी रंंगशालालाई हस्तान्तरण गर्ने विज्ञप्तीमा उल्लेख गरेका छन् ।

रंगशाला निर्माणको हाल रोकिएको कामलाई सुचारु गराउन धुर्मस सुन्तली फाउण्डेशनलाई आब्हान पनि गरिएको छ ।

रंगशालाको बार भत्काएपछि फाउण्डेशनले काम रोकेको छ । भरतपुरकी मेयर रेनु दाहालले रंगशाला निर्माणको काम अब द्रुत गतिमा अघि बढ्ने र स्थानीय जनताको पनि साथ रहने विश्वास व्यक्त गरिन् ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?