+
+

प्रदेश १ को बजेटमाथि कांग्रेसको प्रतिक्रिया : उद्देश्यहीन र वितरणमुखी

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २ गते १९:१३

२ असार, विराटनगर । प्रदेश १ सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटलाई प्रतिपक्षी नेपाली कांग्रेसले अनुदानमा आधारित र वितरणमुखी भएको टिप्पणी गरेको छ ।

प्रदेश सरकारले आइतबार प्रस्तुत गरेको ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट प्रदेश सभामा प्रसतुत गरेको थियो ।

संसदीय पत्रकार मञ्च प्रदेश १ ले सोमबार गरेको पत्रकार सम्मेलनमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले बजेट सस्तो लोकप्रियताका लागि ल्याइएको तर उद्देश्यहीन भएको प्रतिक्रिया दिएका छन् । उनले बजेट निरन्तरताको मात्र भएको भन्द प्रदेशको प्राथमिकतामा केन्द्रित नभएको बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोबिन्द पोखरेलले प्रदेश सरकारले ल्याएको बजेटमा सिर्जनशीलताको अभाव रहेकाले बजेट खर्च हुनेमा आशंका व्यक्त गरे ।

पोखरेलले भने ‘प्रदेश सरकारको संघीय सरकारको अनुदानलाई हेरेर बजेट तयार गरेको देखिन्छ, संघले बजेट रोकेको खण्डमा संघीयता असफल हुन सक्ने खतरा रहन्छ ।’

अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्मिण वाग्लेले प्रदेश सरकारको आन्तरिक स्रोत वृद्धि गर्ने भन्दा पनि संघले दिने अनुदानमा आधारित बजेट निर्माण गर्ने परीपाटीले बजेट दिगो नहुने र संघीयता प्रतिको आर्कषण भन्दा विकर्षण जन्माउने बताए ।

वाग्लेले केन्द्रसँगै प्रदेशमा पनि संसदहरुलाई विभिन्न कार्यक्रममार्फत पैसा खर्च गर्न दिने परिपाटीले कानून र नीति निर्माण गर्ने सांसद विकासको मध्यस्थकर्ताको रुपमा स्थापित भएकाले यसलाइ रोक्नुपर्ने धारणा राखे ।

प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा आगामी वर्ष प्रदेश सभाका ९३ जना सदस्यलाई ५० लाखसम्म खर्च गर्न सक्ने गरी योजना दिने र प्रत्यक्ष निर्वाचितहरुलाई २ करोड ५० लाख रुपैयाँ प्रदेशसभा निर्वाचन क्षेत्र विकास कार्यक्रममा खर्च गर्न सक्ने बजेटमा उल्लेख गरिएको छ ।

चालु आर्थिक वर्षका लागि प्रत्यक्ष तर्फका ५६ जना प्रदेश सभा सदस्यले २ करोडका दरले यस्तो रकम प्राप्त गरेका थिए ।

प्रदेश सरकारले दोस्रो बर्षको बजेटमा प्रदेश सभाका ९३ जना सदस्यलाई ५० लाखसम्म खर्च गर्न पाउने गरी संसद विकास कोष कार्यक्रम समावेश गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?