+
+
Shares

निस्पक्ष छानबिनको माग गर्दै विमलाका आफन्तद्वारा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ८ गते १५:१२

८ असार, काठमाडौं । समता अस्पतालमा कार्यरत विमला तामाङ्को शंकास्पद मृत्युलाई लिएर आफन्तहरुले प्रदर्शन गरेका छन् ।

विमलाको शव शंकास्पद अवस्थामा भेटिएको भन्दै आफन्तले महानगरीय प्रहरी बृत्त गौशाला अगाडि प्रदर्शन गरेका हुन् ।

आफन्तहरुले विमलाको हत्या भएको भन्दै निस्पक्षरुपमा छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

समता अस्पतालमै कार्यरत रामेछाप दोरम्बाकी २७ वर्षीय तामाङको शव यही असार २ गते राति अस्पतालमै झुण्डिएको अवस्थामा फेला परेको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला अधिकारी सञ्जेल, कर्मचारी तीर्थकुमारी श्रेष्ठ र संगीता केसीलाई पक्राउ गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?