Comments Add Comment

जापानमा भेट्दै ट्रम्प र सि, सङ्लिएला धमिलिएको सम्बन्ध ?

९ असार, काठमाडौं । व्यापारलाई लिएर विश्वका दुई ठूला महाशक्ति राष्ट्र चीन र अमेरिकाको सम्बन्ध बिग्रिएको छ । दुई देशबीच बढेको यही द्वन्द्व अनेक रुपमा प्रकट भइरहेका छन् ।

चीन-अमेरिका तनाव बढिरहेका बेला समाधानका प्रयासहरु पनि हुन थालेका छन् । यस्तैमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका चिनियाँ समकक्षी सि जिनपिङ भेटवार्ता गर्दैछन् ।

यो साताको अन्त्यमा जापानको ओसाकामा जी-२० समिट हुँदैछ । त्यही समिटका क्रममा दुई देशका समकक्षीबीच भेटवार्ता तय भएको हो । भेटवार्तामा जारी द्वन्द्वबारे छलफल हुने र त्यसले सम्बन्ध सङ्लिने अपेक्षा गरिएको छ ।

ट्रेड समूहबीच वार्ताको तयारी

ट्रम्प र सी भेटवार्ताको वातावरण बनाउन प्रयासहरु पनि भइरहेका छन् । चिनियाँ उप-वाणिज्य मन्त्री वाङ सुवेन स्वयंले यसको खुलासा गरेका छन् । व्यापार वार्ता नै अहिलेको समाधान भएकाले त्यसका लागि प्रयास भइरहेको उनले पत्रकार सम्मेलनमार्फत प्रष्ट पारेका छन् ।

नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले चीन र अमेरिकाका ट्रेड समूहबीचको वार्ताको प्रयास भइरहेको जानकारी दिएका छन् । तर, उनले व्यापार वार्ता कहिले र कहाँ हुँदैछ भन्नेबारे भने केही पनि नखुलाएको रोयटर्सले जनाएको छ ।

‘चीन र अमेरिकाका व्यापार समूहबीच वार्ताको प्रयास भइरहेको छ’, वाङले मिडिया ब्रिफिङमा भनेका छन् । चीन र अमेरिकाले गत साता नै सि जिनपिङ र डोनाल्ड ट्रम्पको भेटवार्ताअघि नै ट्रेड समूहको वार्ता हुने बताएका थिए ।

चीनले अमेरिका र चीन मिलेर अघि बढेमा मात्रै संसारलाई लाभ हुने भन्दै व्यापार युद्ध नभई वार्तामा जोड दिँदै आएको छ ।
यो पनि पढ्नुहोस श्वेतपत्र जारी गर्दै चीनले भन्यो- व्यापार युद्ध होइन, वार्ता गरौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment