+

सेमिफाइनल पुग्ने दाउमा न्युजिल्यान्ड, पाकिस्तान रोक्न तयार

२०७६ असार  ११ गते ७:०५ २०७६ असार ११ गते ७:०५
सेमिफाइनल पुग्ने दाउमा न्युजिल्यान्ड, पाकिस्तान रोक्न तयार

११ असार, काठमाडौं । विश्वकप क्रिकेटमा आज पाकिस्तानले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा आज पाकिस्तानले अपराजित रहेको न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली समयअनुसार आज दिउँसो ३ बजेर १५ मिनेटमा यी दुई देशबीचको खेल सुरु हुनेछ ।

न्युजिल्यान्ड सेमिफाइनल यात्राबाट एक कदम मात्रै पछि छ । यदि आजको खेलमा पाकिस्तानलाई न्युजिल्यान्डले पराजित गरेमा सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ । तर हारेमा बाँकी रहेका दुई खेलमध्ये एक खेलमा जित हात पार्नु पर्ने हुन्छ ।

यता, पाकिस्तान भने आजको खेलमा जसरी पनि जित हात पार्ने लक्ष्यमा छ । सेमिफाइनल यात्रालाई कायमै राख्नका लागि न्युजिल्यान्डलाई उसले पराजित गर्नै पर्ने हुन्छ । यदि न्युजिल्यान्डसँग हारेमा पाकिस्तानको विश्वकप यात्रा धेरै कठिन हुनेछ ।

६ खेलबाट पाँच खेलमा जित र एक खेलमा वर्षाको कारण अंक बाँडेको न्युजिल्यान्ड ११ अंकका साथमा अंक तालिकाको दोस्रो स्थानमा छ । यता, पाकिस्तान भने ६ खेलबाट दुई खेलमा जित, तीन खेलमा हार र एक खेलमा वषर्ाको कारण अंक बाँड्दै पाँच अंकका साथमा लिगको सातौ स्थानमा छ ।

पाकिस्तान टिम

सर्फराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, मोहम्मद हफिज, सोहेब मलिक, आसिफ अली, इमाद वासिम, सादब खान, मोहम्मद आमिर, मोहम्मद हसनाइन, हसन अली, वाहव रियाज, साहिन शा अफ्रिदी ।

न्युजिल्यान्ड टिम

केन विलियम्सन (कप्तान), मार्टिन गुप्टिल, कोलिन मुन्रो, हेनरी निकोलस, रस टेलर, टम लाथम, टम ब्लन्डेल, जिम्मी निशाम, कोलिन डे ग्रान्डहोम, मिचेल सान्टनर, टे्रन्ट बोल्ट, टिम साउथी, माट हेनरी, लकी फर्गुसन र इश सोधी ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय