+
+

‘जर्नी टु सिंहला’ले जित्यो भिडियो च्यालेन्ज अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १७ गते १६:५९

स्थानिय पर्यटनबारे चर्चा र चासो जगाउने हेतुले आयोजना गरिएको भिडियो च्यालेन्जमा ‘जर्नी टु सिंहला’ बर्षको सर्वोत्कृष्ट भिडियो बनेको छ । जुबुलिंग फिल्मले निर्माण गरेको पाँच मिनेट लामो यो भिडियोले शीर्ष पाँच भिडियोलाई उछिन्दै उपाधी जितेको हो ।

‘मेरो गाउँ, मेरो ठाउँ’ शीर्षकमा वि विल राइज फाउन्डेसनले आयोजना गरेको प्रतियोगितामा देशभरबाट १ सय ३२ वटा भिडियो सहभागी थिए ।

प्रतियोगिताको अन्तिम छिनोफानो भने सोमबार राजधानीमा भयो । निकै तामझामका साथ आयोजित कार्यक्रममा सर्वोत्कृष्ट भिडियोहरुको घोषणा गरिएको हो । कार्यक्रममा रक्षा मन्त्री ईश्वर पोखरेल, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, पर्यटन बोर्डका सिइओ दीपकराज जोशी, लोक गायिका कोमल वली, अभिनेत्री करिष्मा मानन्धरलगायतको उपस्थिती थियो ।

प्रतियोगितामा प्रथम हुने ‘जर्नी टु सिंहला’लाई एक लाख नगद पुरस्कार दिइएको थियो । साथै फिल्म मेकिङ सम्बन्धीको कोर्स सिक्ने अवसर पनि दिइएको छ ।

प्रतियोगितामा पब्लिक ‘छट पूजा’ले पब्लिक च्वाइस अवार्ड जित्यो । जनकपुर क्षेत्रलाई आधार बनाएर कुमार भाष्करले उक्त भिडियो निर्माण गरेका थिए । भाष्करको ‘छट पूजा’लाई एक लाख नगद सहित नेपाल फिल्म एकेडेमीबाट दुई लाख बराबरको फिल्म स्टडिज कोर्सको छात्रवृत्ति दिइएको थियो ।

यसैगरी प्रतियोगितामा फ्युचर स्टारको उपाधी आर्यन कुँवरले जिते । उनले ‘मानुङ कोट’ शीर्षकको भिडियो निर्माण गरेका थिए । बेस्ट  स्क्रिप्ट राइटरको उपाधी भीमलाल श्रेष्ठले निर्माण गरेको ‘मकै विवाह’ले प्राप्त गर्‍यो ।

भिडियोमा सहभागी महिलाहरुको पनि छुटै विधा अन्र्तगत प्रतिस्पर्धा गराइएको थियो । वुमन भिडियो मेकर अफ द इयरको उपाधी देवकी विष्टले जितिन् । उनले ‘ट्युन अफ झाँक्री’ शीर्षकमा भिडियो बनाएकी थिइन् ।

यसैगरी मोस्ट पोटेन्सियल डेस्टिनेशनको उपार्ध ‘सन्दकपुर’लाई मिल्यो । यो भिडियो सन्दकपुर गाउँपालिकाले निर्माण गरेको थियो । वेस्ट टेक्निकल सिनेम्याटोग्राफीको उपाधी ‘रेड चारोट’ले पायो । यो भिडियो दिनेश श्रेष्ठले बनाएका थिए । मोस्ट इनर्जेटिक भिडियो मेकर अवार्ड भने विजय राईले पाए । उनले इलामकै धार्मिकस्थल ‘सेतीदेवी’बारे भिडियो बनाएका थिए । यी सवै विधाका विजेतालई नगद २५ हजार रुपैयाँ पुरस्कार दिइएको थियो ।

प्रतियोगितामा सामेल हुनका लागि देशभरका युवाहरुलाई आह्वान गरिएको थियो । खुला प्रतिस्पर्धा अन्तर्गत जो-कोहिले आ-आफ्ना क्षेत्रका पर्यटकिय स्थल, कला-संस्कृति, खानपान आदि उजागर गर्ने किसिमको भिडियो निर्माण गरेर सामेल हुन सक्थे । प्रतियोगिता गएको २०१९ जनवरी १ देखी सुरु भएर मे ३१ सम्म चलेको थियो । प्रतियोगिताका लागि विभिन्न ठाउँबाट युवाहरुले स्वतस्र्फूत भिडियो निर्माण गरेर पठाएका थिए ।

प्राप्त भिडियोलाई विभिन्न ८ विधा अन्तर्गत प्रतिस्पर्धामा राखिएको थियो । अभिनेत्री करिष्मा मानन्धर, कलाकार निर्मल शर्मा, साउन्ड इन्जिनियर प्रदिप उपाध्याय, फोटोग्राफर जगदिश तिवारी, निर्देशक सम्झना रौनियर उप्रेतीको निर्णयक मण्डलले विभिन्न विधामा सर्वोत्कृष्ट भिडियो छनौट गरेको थियो ।

वि विल राइज फाउन्डेसनले देशभरको पर्यटकिय गन्तव्यलाई चिनाउन र आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि नयाँ अवधारण अन्र्तगत भिडियो च्यालेन्ज गराएको आयोजकका निर्मल श्रेष्ठले बताए । ‘हामीले अपेक्षा गरेअनुरुप देशभरबाट निकै उत्कृष्ट भिडियोहरु सहभागी भए’ श्रेष्ठले भने, ‘यसलेे ओझेलमा रहेको पर्यटकिय स्थल, कला, संस्कृति, खानपानबारे जानकारी दिन्छ ।’

स्थानिय पर्यटन प्रवर्द्धनका लागि भिडियो च्यालेन्ज एक रचनात्मक अभियान भएकाले यसलाई आगमी बर्षमा पनि निरन्तरता दिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?