२२ असार, काठमाडाैं । विश्व परामर्शदातृ संस्था क्युइडि ग्रुपका एसिया क्षेत्रका निर्देशक डा. सिद्धि अर्याल साझा पार्टीमा आवद्ध भएका छन् ।
एक सयभन्दा बढी देशमा काम गर्ने उक्त सँस्थाबाट राजीनामा दिएर साझा पार्टीमा प्रवेश गरेका हुन् । उनलाई पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ ।
अमेरिकाबाट अन्तर्राष्ट्रिय स्वास्थ्यमा स्नातकोत्तर र विश्व स्वास्थ्य पद्धति विकासमा विद्यावारिधि गरेका ४४ वषर्ीय अर्याल १८ वर्षयता विभिन्न अन्तर्राष्ट्रिय संगठनहरुमा नेतृत्वदायी भूमिकामा रहेका थिए ।
क्युइडि ग्रुपका निर्देशक हुनअघि डा अर्याल मलेरिया कन्सोर्टियमका एसिया निर्देशक, युएनडीपीरयुएनएड्सका एसिया क्षेत्रका सल्लाहाकार पनि रहिसकेका छन्। उनी पछिल्ला केही वर्षदेखि म्यानमारलाई आधार बनाएर कार्यरत थिए।