
बलिउड स्टार शाहरुख खानको छोरी सुहाना खान अहिले चर्चामा छिन् । उनले सामाजिक सञ्जालमा पोस्ट गर्ने तस्वीर र उनको बलिउड डेब्युको विषयमा अहिले निकै चर्चा भइरहेको छ ।
सुहानाले हालै मात्र आफ्नो ‘ग्र्याजुएसन’ पार गरेकी छिन् । उक्त कुराको जानकारी शाहरुख आफैंले दिएका थिए । सुहानाले ग्र्याजुएसन सक्नु र सामाजिक सञ्जालमा बोल्ड र सुन्दर तस्वीरहरु आउनुले पनि उनी बलिउडमा डेब्यु गर्न लागेको हल्ला चलिरहेको छ । तर, बलिउड डेब्युको विषयमा भने सुहानाले केही उत्तर दिएकी छैनन् ।
यस्तैमा सुहानाको बलिउड डेब्युलाई लिएर सुहानाको ‘बेस्ट फ्रेण्ड’ आनन्या पाण्डेले बोलेकी छिन् । हालै एक अन्तर्वार्तामा उनले भनेकी छिन्, ‘सुहानाले जहिले बलिउडमा डेब्यु गर्न चाहन्छिन् त्यही समय डेब्यु गर्न सक्छिन् । उनी छिट्टै अभिनय सिक्नेछिन् ।’
सुहाना अब आफ्नो पढाइको लागि अमेरिका जादैछिन् । आनन्याका अनुसार सुहाना पहिला आफ्नो पढाइ पूरा गर्न चाहन्छिन् । आनन्याले भनिन्, ‘उ अमेरिकाबाट फर्केर आएपछि डेब्यु गर्न सक्छिन् ।’
प्रतिक्रिया 4