+

विश्व बरियतामा नेपाल एक स्थान तल झर्‍यो

२०७६ साउन  ९ गते १६:२४ २०७६ साउन ९ गते १६:२४
विश्व बरियतामा नेपाल एक स्थान तल झर्‍यो

९ साउन, काठमाडौं । विश्व फुटबल बरियतामा नेपाल एक स्थान तल झर्दै १६६औं स्थानमा पुगेको छ ।

विश्व फुटबल महासंघ (फिफा) ले आज सार्वजनिक गरेको विश्व बरियतामा नेपाल एक स्थान तल झरेको हो । यसअघि नेपाल १६५औं स्थानमा थियो ।

यता, भारत भने दुई स्थान तल झर्दै १०३औं स्थानमा पुगेको छ । माल्दिभ्स पनि एक स्थान तल झर्दै १५२औं स्थानमा छ । बंगलादेशले भने एक स्थान सुधार गर्दै १८२औं स्थानमा उक्लिएको छ । भुटान १८६औं स्थानमा यथावत रहंदा श्रीलंका र पाकिस्तानले समान १-१ स्थानमा सुधार गर्दै २००औं र २०४औं स्थानमा छन् ।

विश्व बरियताको शीर्ष स्थानमा भने बेल्जियम यथावत रहेका छन् । त्यस्तै, दोस्रो स्थानमा भने ब्राजिल उक्लिएको छ । विश्वविजेता फ्रान्स भने तेस्रो स्थानमा झरेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय