+
+

पोखरीमा डुबेर बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ९ गते १७:५१

९ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा एक बालकको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका २५ खल्वा टोला बस्ने १२ वर्षका को राजन हजराको मृत्यु भएको हो ।

पोखरीको डिलबाट खुट्टा चिप्लिएर हजरा पोखरीमा खसेका थिए । पोखरीमा बालक हराएको सूचना पाएपछि प्रहरी चौकी सिर्सिया पर्साबाट खटिएको टोलीले बेहोस अवस्थामा शब फेला पारेको थियो ।

बेहोस अवस्थामा उपचारको लागि भारतको डंकन अस्पतालमा पुर्‍याउँदा अपरान्ह अस्पतालले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी अनन्तराम शर्माले जानकारी दिए । शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?