+
+
WC Series
पोखरा एभेन्जर्स 2025
31/2 (4.6)
VS
९० बलमा १३५ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

ऋचाको साथ नपाउँदा ‘न यता न उता’को टिमलाई समस्या

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १३ गते १३:०९

यो साताको शुक्रबारबाट चलचित्र ‘न यता न उता’ रिलिज हुँदैछ । अहिले निर्माण युनिट चलचित्रको प्रचार प्रसारमा व्यस्त छ । तर, चलचित्रका दुई नायिका ऋचा शर्मा र छुल्ठिम गुरुङले भने चलचित्रको प्रचारलाई खासै वास्ता गरेका छैनन् ।

आइतबार राखिएको पत्रकार भेटघाट कार्यक्रममा कलाकार समिर दिक्षित र मिराज रोश निर्धारित समयमा नै उपस्थित भएका थिए । नायिका ऋचा शर्माले आफू आउँदै गरेको जानकारी दिएपनि पत्रकार भेटघाटमा उपस्थित भइनन् । ऋचा नआउँदा चलचित्रको टिम पनि खुशी देखिएन ।

चलचित्र यसअघि पनि प्रदर्शन मिति तय गरेर पछि सरेको थियो । यसपटक भने चलचित्र रिलिजको केही दिन बाँकी रहँदा यसका दुई कलाकार प्रचारमा बढी व्यस्त छन् । चलचित्रको बिषयमा दर्शकलाई खासै जानकारी भएको छैन ।
चलचित्रको प्रचारमा कलाकारको महत्वपूर्ण भूमिका हुन्छ ।

तर, नाम चलेका कलाकारले नै समय नदिएपछि टिमलाई समस्या पर्न सक्छ । चलचित्रको व्यापार ‘न यता न उता’ नहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?