+

युभेन्टसले च्याम्पियन्स लिग जित्ने रोनाल्डोको दाबी

२०७६ साउन  १४ गते ११:२० २०७६ साउन १४ गते ११:२०
युभेन्टसले च्याम्पियन्स लिग जित्ने रोनाल्डोको दाबी

१४ साउन, काठमाडौं । क्रिस्टियानो रोनाल्डोले गत सिजन रियल मड्रिड छाडे तर उनीमाथि उपाधिको भोक मोरेको छैन । युभेन्टसबाट सिरी ए को उपाधि उचालेका उनले पोर्चुगलका लागि यूईएफए नशेन्स लिगको ट्रफी दिलाए ।

स्पेनिस पत्रिका मार्काको लेजेन्ड्री अवार्ड लिन मड्रिड पुगेका रोनाल्डोेले आफूसँग अझै जित्ने क्षमता रहेको बताए । युभेन्टसले च्याम्पियन्स लिग जित्नेछ’ उनले भने, ‘यही सिजन जित्छ कि अर्को सिजन थाहा छैन तर, यो हुनेछ ।’

पोर्चुगिज फुटबलर रोनाल्डोले म्यानचेष्टर र मड्रिडलाई निकै मिस गर्ने समेत बताएका छन् ।

आफू सपना व्यवसायिक फुटबलर हुने मात्र भएकाले यस्तो सफलता पाउने अपेक्षा नगरेको बताए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय