+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

युरोपबाट शेखर कोइरालाले भने- देउवाजी गुटको नेताजस्तो देखिनुभाे

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १८ गते ११:४२

कोपनहेगन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफू कुनै पनि गुट वा उपगुटमा नरहेको बताएका छन्। साथै उनले पार्टी सभापति शेरबहादुर देउवा सिङ्गो पार्टीको सभापति भएर पनि गुटको नेता जस्तो देखिएको बताए ।

नेपाली जनसम्पर्क समिति डेनमार्कले आयोजना गरेकोकार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कांग्रेसलाई बलियो र एक बनाउनु अहिलेको प्रमुख प्राथमिकता रहेको बताए।

नेपाली कांग्रेसको भावी सभापतिको उम्मेदवारका रुपमा हेरिएका कोइरालाले देश तथा विदेशमा रहेका कार्यकर्ताहरुसँग छलफल गरेर मात्रै आफ्नो धारणा बनाउने बताए। हालै सम्पन्न नेपाली काँग्रेसको डेनमार्क भेला तथा प्रशिक्षणमा अनुपस्थित भएका कोईराला मंगलबार कोपेनहेगन आइपुगेका हुन्।

उनले “द अल्टरनेटिभ पार्टी” डेनमार्कका संस्थापक अध्यक्ष एवं पूर्वमन्त्री उफे एलबेकसॅग पनि भेटबार्ता गरेका छन्। बुधबार कोपनहेगनस्थित संसद भवनमा भएको भेटवार्तामा नेपालको पछिल्लो राजनितीक अवस्थाको बारेमा छलफल भएको कोइरालाले जानकारी दिए।

कोइराला एनआरएनए युरोपेली सम्मेलनमा ईटालीको रोममा पनि पुग्दैछन्। शनिबारदेखि सुरु हुने गैरआवासीय नेपालीहरुको युरोपेली भेलालाई उनले सम्बोधन गर्ने कार्यक्रम छ।

बेल्जियमस्थित कांग्रेस कार्यकर्तासँग पनि उनले भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?