+
+

तेस्रो पूर्वाधार सम्मेलन भदौ २५ देखि

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १९ गते १९:४७

१९ साउन, काठमाडौं । आगामी भदौ २५ गतेदेखि काठमाडौंमा तेस्रो पूर्वाधार सम्मेलन आयोजना हुने भएको छ । नेपाल उद्योग परिसंघको आयोजनामा हुने सम्मेलन दुई दिनसम्म चल्ने छ ।

परिसंघले नेपाल सरकार, लगानी बोर्ड, नेपाली युवा निर्माण व्यवसायी समुदायसमेतको सहकार्यमा गर्न लागेको सम्मेलनलाई सरकारले गत वर्ष सम्पन्न गरेको लगानी सम्मेलन २०१९ को फलोअपको भएको दावी गरेको छ ।

लगानी सम्मेलनमा प्रस्तुत प्रस्तावित परियोजनाका लागि लगानी जुटाउन समेत यो सम्मेलन उत्प्रेरक हुने अपेक्षा गरिएको छ ।

अघिल्ला दुई पूर्वधार सम्मेलनले आगामी २०३० सम्म नेपालको पूर्वधारको अवस्था तथा अबको पूर्वधारको लागि आवश्यक थप लगानीको यकिन गर्न बृहत तथा गहन अध्ययन गर्नुपर्ने औल्याएको थियो । यसैमा केन्द्रित रही परिसंघले सर्वाङ्गिण विकास अध्ययन केन्द्रसँग सहकार्यमा त्यस्तो अध्ययन पुरा भई प्रतिवेदन तयार भएको छ । तेस्रो पूर्वाधार सम्मेलनमा यो प्रतिवेदन सार्वजनिक हुने बताइएको छ ।

सम्मेलनको तयारी बारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले भने ‘पूर्वाधारमा गरिने उच्च लगानीको ‘मल्टिप्लायर इफेक्ट’ अर्थात बहुआयामिक प्रभावले आर्थिक वृद्धिमा ठूलो योगदान गर्छ ।’

नेपाल सरकारले पनि समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा तय गरेर पूर्वाधार विकासलाई केन्द्रमा राख्ने नीतिले निजी क्षेत्रलाई पूर्वधार विकासमा लगानी बढाउन तथा सार्वजनिक निजी साझेदारीमा ठूला परियोजना विकास गर्न अवसरहरु प्राप्त भइरहेका भइरहेको भन्दै उनले यो सम्मेलन मार्फत पूर्वाधारमा लगानी बढाउने अवसरहरु लिन लगानीकर्ताहरुले ध्यान केन्द्रित गर्ने बताए ।

सम्मेलनमा देशभित्र र बाह्य देशहरुका ५०० भन्दा बढी लगानीकर्ताहरुको सहभागिता हुने छ । प्रधानमन्त्रीको प्रमुख आतिथ्यता एवं दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री डा. हान सुंग सो विशेष अतिथिका रुपमा रहनु हुनेछ भने मित्रराष्ट्र भारतबाट समेत मन्त्री र लगानीकर्तालाई आमन्त्रण गरिएको अध्यक्ष मोरले जानकारी दिए ।

उनका अनुसार सातै प्रदेशहरुमा मूख्यमन्त्री, नेपाल सरकारका सम्बन्धित एवं प्रदेशका मन्त्री, विकास साझेदारका प्रमुख, उपप्रमुखहरुका साथै विकास साझेदार संस्थाहरु विश्व बैँक, एशियन विकास बैँक, युरोपियन युनियन, डब्लु डब्लु एफ आदिले समेत सो सम्मेलनमा भाग लिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?