+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

विश्वविद्यालयका पदाधिकारी खुला प्रतिस्पर्धामा नियुक्त गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २० गते १४:१७

२० साउन,  काठमाडौं । नेपाल विद्यार्थी संघको त्रिभुवन विश्वविद्यालय समितिले विश्वविद्यालयमा उपकुलपतिसहित पदाधिकारी नियुक्ति गर्दा खुल्ला प्रतिस्पर्धाको आधारमा गर्न माग गर्दै हस्ताक्षर अभियान सुरु गरेको छ ।

उपकुलपति तीर्थ खनियालगायतका पदाधिकारीको कार्यकाल यही भदौमा सकिन लागेकाले अहिले सरकारले विश्वविद्यालयको पदाधिकारी नियुक्तिका लागि शिक्षामन्त्रीको संयोजकत्वमा सर्च कमिटी गठन गरेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठनको एक समूहले खुला प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्न माग गरेको हो ।

विश्वविद्यालयको उपकुलपति, रेक्टर, रजिस्टार लगायत पदाधिकारी नियुक्ति गर्दा व्यक्तिले विश्वविद्यालयमा दिएको योगदान, आगामी कार्ययोजना र त्यसको विज्ञताको आधारमा खुल्ला प्रतिस्पर्धाबाट गर्नुपर्ने आभियानका संयोजक नेविसंघका नेता श्यामराज ओझाले बताए ।

‘खुल्ला र पारदर्शी प्रक्रियाद्वारा विश्वविद्यालयको नेतृत्व, सक्षम, सवल, योग्य तथा उच्च प्राज्ञिक ब्यक्तित्व’ भन्ने नाराका हस्ताक्षर संकलन सुरु गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?