+
+

कर्मचारीको अध्ययन विदामा कडाई गर्दै सरकार

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २१ गते १५:५३
Photo Credit : रासस

२० साउन, काठमाडौं । सरकारले निजामती कर्मचारीलाई दिइने अध्ययन विदामा कडाई गर्ने भएको छ । अध्ययन विदा लिएर गएका कर्मचारीहरुले त्यहाँ गएर जागिर खाने गरेको पाइएको भन्दै सरकारले कडाई गर्न लागेको हो ।

अब उचित कारण नदेखाइ कर्मचारीहरुलाई अध्ययन विदा नदिने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रष्ट पारे ।

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्री पण्डितले मन्त्रालयले उचित ठानेपछि मात्रै कर्मचारीहरुलाई विदेशमा अध्ययनका लागि विदा दिन सकिने बताए । अघिल्लो पटक मन्त्री हुँदा अमेरिका अध्ययन गर्न गएका एक कर्मचारीले अध्ययन नगरेको पाइएपछि सेवाबाटै हटाएको पनि स्मरण गरे ।

मन्त्री पण्डितले कर्मचारीहरुले कार्यालय समयमा निजी प्रयोजनका लागि कार्यालयको टेलिफोन प्रयोग गर्न नदिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?