+
+

७० वर्षीय बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २४ गते १३:४८

२४ साउन, काठमाडौं । झापामा बुवाको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

आफ्नै बुवा ७० वर्षीय सूर्यबहादुर थापालाई हत्या गरेको आरोपमा प्रहरीले कमल गाउँपालिका-१ का ३१ वर्षीय प्रकाश थापालाई शुक्रबार बिहान पक्राउ गरेको हो ।

घरायसी बिवाद हुँदा प्रकाशले बुवालाई चिर्पटले हानेपछि घटनास्थलमै मृत्यु भएको सूचना पाएपछि खटिएको इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी तोपगाछीको टोलीले उनलाई पक्राउ गरेको हो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?