+
+

तनहुँमा किराना पसल सञ्चालकको घाँटी रेटी हत्या

रासस रासस
२०७६ साउन २८ गते १०:५१

२८ साउन, तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–१, डुम्रेबजार निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको सोमबार घाँटी रेटेर हत्या भएको छ ।

शाहीको शव बन्दीपुर गाउँपालिका–४ स्थित ढुल्ढुङ्गाको झाडीमा भेटिएको जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।

डुम्रेबजारमा किराना पसल सञ्चालन गर्दै आएका शाही आइतबार रातिदेखि बेपत्ता भएका थिए । उनी हराएसँगै परिवारका सदस्यले खोजीका लागि प्रहरी गुहारेका थिए । प्रहरी उपरीक्षक सिलवालले घाँटीमा धारिलो चोट लागेको अवस्थामा शाहीको शव फेला परेको बताए ।

शाही सुनको सौखिन भएकाले यसकै प्रलोभनमा हत्या भएको हुनसक्ने स्थानीयवासी बताउँछन् । प्रहरीका अनुसार शवलाई परीक्षणका लागि दमौली पठाएर थप अनुसन्धान भइरहेको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले सोमबार राति नै पोखराबाट तालीमप्राप्त कुकुर मगाइएको छ । ।

‘घटनाको अनुसन्धानका लागि कुकुरको सहयोगमा काम शुरु गरिसकेका छौं’, प्रहरी उपरीक्षक सिलवालले भने, ‘शङ्का लागेका केही व्यक्तिमाथि पनि निगरानी बढाएका छौं ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?