+
+

कश्मीरमा गोली हानाहान, ५ भारतीय र ३ पाकिस्तानी सैनिकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ३० गते २०:३८

३० साउन, काठमाडौं । कश्मीरको विवादित क्षेत्रमा गोली हानाहान हुँदा ५ भारतीय र ३ पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।

पाकिस्तानी सेनाका प्रमुख मेजर जनरल आसिफ गफूरले बिहीबार साँझ ट्वीटरमार्फत यसको पुष्टि गरेका छन् । उनले लेखेका छन्, ‘कश्मीरको विवादित क्षेत्रमा गोली हानाहान भएपछि कम्तीमा ३ पाकिस्तानी र ५ भारतीय सैनिक मारिए ।’

पाकिस्तानी सेनाको भनाइको खण्डन गर्दै भारतीय सेनाले भने आफ्नो ५ जना सैनिक मारिएको कुरा अस्वीकार गरेको छ ।

भारतीय सेनाले प्रतिस्पर्धा गरेको सीमामा गोली हानाहान भएको स्थानलाई पाकिस्तानी सेनाका प्रमुख गफूरले नियन्त्रण रेखा (एलओसी) भनेर ट्वीटरमा पोस्ट गरेका थिए ।

आन्तरिक रूपमा गोली हानाहानको क्रम जारी रहेको पाकिस्तानी सेना प्रमुख गफूरले ट्वीटमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?