
१ भदौं, काठमाडौं । रानीपोखरीको बालगोपालेश्वर मन्दिर शिखर शैलीमा बनाइने भएको छ ।
यसका लागि कंक्रिटको टाइबिट हटाउन थालिएको छ । टाइबिम फुटाएर फलामे डरहरु निकालेपछि चुनासर्की प्रयोग गरेर मन्दिर परिवरिको प्यासेज बनाइनेछ ।
रानीपोखरकिो उत्तरी ढोकातिर सुर्की निर्माण भइरहेको छ भने मन्दिर नजिकै चुना भिजाइएको छ ।
बालगोपालेश्वर मन्दिर निर्माणको ठेक्का सीए तुलसी कन्ट्रक्सन जेभीले पाएको छ । कम्पनीका साइट इञ्जिनियर सन श्रेष्ठका अनुसार क्षमापूजा गरेपछि मन्दिर पुनर्निर्माण सुरु हुनेछ ।
रानीपोखरी भने उपभोक्ता समितिले बनाइरहेको छ । पोखरीको पश्चिम पट्टीको पर्खाल लगाइसकिएको छ भने दक्षिण र उत्तरतर्फ पर्खाल लगाउने काम भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4